आईसीसी टी-२० विश्वकप छनोटका लागि ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार घरेलु टोलीसँग पहिलो अभ्यास खेल खेल्दै छ।
ओमानमा हुने खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।
विश्वकप छनोटकै लागि यसअघि वेस्ट इन्डिजसँग तीन खेलको टी-२० आईको ऐतिहासिक सिरिजमा विजयी हुँदै नेपाली टोली ओमान पुगेको हो।
तीन खेलको टी–२० आई सिरिजमा नेपालले २–१ ले सिरिज जितेको हो।
विश्वकप छनोटअघि नेपालले दोस्रो अभ्यास खेल कतारसँग खेल्ने तालिका छ।
दुई अभ्यास खेलपछि नेपालले विश्वकप छनोट यात्रा सुरु गर्नेछ।
156
Shares

प्रतिक्रिया