खेल


मलेसियालाई हराउँदै नेपालले जित्यो महिला टी-२० शृंखला

मलेसियालाई हराउँदै नेपालले जित्यो महिला टी-२० शृंखला

नेपालखबर
असोज २२, २०८२ बुधबार ११:१५, काठमाडौँ

अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।

पाँच खेलको सिरिजअन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो। 

योसँगै नेपालले ३-२ ले सिरिज जितेको हो।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गर्‍यो। 

यसअघि नेपाल दोस्रो र चौथो खेलमा ६ विकेटले विजयी भएको थियो।

पहिलो खेलमा भने नेपाल ३ रन र तेस्रो खेलमा १३ रनले मलेसियासँग हारेको थियो।

सिरिज जितेपछिको सेलिब्रेसन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad