खेल


एसियन कप छनोट: आज भियतनामसँग बदला लिने दाउमा नेपाल

एसियन कप छनोट: आज भियतनामसँग बदला लिने दाउमा नेपाल

नेपालखबर
असोज २८, २०८२ मंगलबार ९:५०, काठमाडौँ

एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको चौथो खेलमा नेपाल आज (मंगलबार) भियतनामविरुद्ध भिड्दै छ।

भियतनामको घरेलु मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।

समूह चरणमा लगातार तेस्रो हार भोगेको नेपाली राष्ट्रिय फुटबल टोली आज यो शृंखला तोड्न चाहन्छ। 

नेपाल आज यसअघि भियतनामसँग भएको हारको बदला लिने दाउमा छ। 

आफ्नै मैदान र समर्थकको साथ पाइरहेको भियतनाम भने नेपालविरुद्ध लगातार दोस्रो जित हासिल गर्ने रणनीतिमा छ। 

लगातार तेस्रो हारसँगै नेपाल यसअघि नै अघिल्लो चरणमा पुग्ने सम्भावना कठिन बनिसकेको छ। 

नेपालले अंक तालिकामो खाता खोल्न सकेको छैन। अंकविहीन हुँदै नेपाल समूह एफको पुछारमा छ। 

समूह चरणको पहिलो खेलमा लाओससँग २–१ हारेको नेपाल दोस्रो खेलमा मलेसियासँग २–० ले पराजति भएको  थियो।

त्यसपछि तेस्रो खेलमा बिहीबार राति भियतनामसँग ३–१ ले हारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad