खेल


एएफसी एसियन कप छनोटमा नेपालको अर्को हार, समूह चरणबाटै बाहिरियो

एएफसी एसियन कप छनोटमा नेपालको अर्को हार, समूह चरणबाटै बाहिरियो

नेपालखबर
असोज २८, २०८२ मंगलबार २१:८, काठमाडौँ

एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणमा लगातार चौथो हार व्यहोर्दै नेपाली राष्ट्रिय फुटबल टोली दुई खेल अगावै समूह चरणबाट नै बाहिरिएको छ। 

नेपालले अब समूह चरणमा २ खेल खेल्न बाँकी छ। बाँकी २ खेलमा नेपालले जित निकाले पनि एसियन कप छनोटका लागि पर्याप्त हुनेछैन। 

समूह चरणमा लगातार चौथो हार व्यहोरेको नेपालले अंक तालिकामो खाता खोल्न सकेको छैन।

तालिकामा अंकविहीन नेपाल समूह एफको पुछारमा छ। समूह चरणमा ८ गोल खाएको नेपालले २ गोल मात्र फर्काएको छ। 

समूह चरणको पहिलो खेलमा नेपाल लाओससँग २–१ पराजित भएको थियो। दोस्रो खेलमा मलेसियासँग २–० को हार व्यहोरेको थियो। 

मंगलबार भएको समूह चरणको चौथो खेलमा नेपाल भियतनामसँग १–० ले पराजित भएको हो। 

पहिलो खेलमा भियतनामसँग ३–१ ले पराजित भएको नेपालले लगातार दोस्रो हार व्यहोरेको हो। 
खेलको पाचौँ मिनेटमा नेपालका सुमन श्रेष्ठले गरेको आत्मघाति गोल नै भियतनामको जितका लागि पर्याप्त बन्यो। त्यसपछि खेलमा भियतनामले नेपालविरुद्ध थुप्रै आक्रमण गरे पनि सफल हुन सकेन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad