खेल


सामोआलाई नेपालले दियो २१२ रनको लक्ष्य

सामोआलाई नेपालले दियो २१२ रनको लक्ष्य

नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ (क्यान)


नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १७:३५, काठमाडौँ

आईसीसी टी२० विश्वकप छनोटअन्तर्गत शीर्ष ६ को अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। 

टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको हो। 

आसिफ शेख र दीपेन्द्र सिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले सामोआलाई ठूलो लक्ष्य दिएको हो। 

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले क्रमशः १७ र ६९ रन जोडे भने दीपेन्द्रले ५३ रन बनाए। 

त्यसपछि आएका आरिफ शेखले ९ रन बनाउँदा नटआउट रहेका कप्तान रोहित पौडेल र लोकेश बमले २१ र ३९ रन बटुले। सामोआले नेपाललाई दुई वाइड र १ लेगबाई रन दिएको थियो। 

सामोआका लागि डानियल बर्गिस, सौमानी टियाई, डेरियस भिसर र नोआ मीडले समान १ विकेट झारे। बाँकी तीन बलरले विकेट लिन सकेनन्। 

सामोआले केही बेरमा ब्याटिङ गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad