अखिल नेपाल फुटबल संघ (एन्फा) ले महासचिव किरण राईलाई स्पष्टीकरण माग गरिएको र महासचिव पदबाट निलम्बन गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एन्फाले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो।
एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा एन्फाको सचिवालयलाई कुनै आधिकारिक जानकारी नभएको र एन्फा कार्यालयबाट प्रेषित नभएको जानकारी दिएको हो।
एन्फाले विज्ञप्तिमा लेखेको छ, "प्रस्तुत विषयहरुको सन्दर्भममा एन्फा सचिवालयलाई कुनै आधिकारिक जानकारी समेत नभएको र उक्त पत्रहरु एन्फा कार्यालयबाट प्रेषित नभएको साथै उक्त पत्र दर्ता, चलानी, संस्थानको छाप संभको आधिकारिक नभएको जानकारी गराउँदछु। वरिष्ठ उपाध्यक्षलाई संघको विधान लगायत अन्य कुनै कानुनी व्यवस्था तथा आधिकार समेत नभएको हुँदा उल्लेखित विषयहरुमा कुनै सत्यता नरहेको स्पष्ट पार्न चाहन्छु।"

Shares

प्रतिक्रिया