खेल


दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो सातादेखि कर्णालीमा हुने

दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो सातादेखि कर्णालीमा हुने

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १८:४७, काठमाडौँ

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३औं बोर्ड बैठकले उक्त मिति निर्धारण गरेको हो।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख रुपैयाँ नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने खेल संघलाई ३ महिनाभित्र प्रतियोगिता आयोजना गर्न निर्देशन दिने, खेल संघले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र वितरण गर्नुपर्ने र वैदेशिक भ्रमण सम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, र बोर्ड सदस्यहरू सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad