खेल


काभा महिला यू-१९ च्याम्पियनसिप: कीर्गिस्तानसँग पराजित हुँदै नेपाल रजत पदकमै रोकियो

काभा महिला यू-१९ च्याम्पियनसिप: कीर्गिस्तानसँग पराजित हुँदै नेपाल रजत पदकमै रोकियो

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १८:३३, काठमाडौँ

नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल च्याम्पियनसिपको रजत पदकमा जितेको छ। 

श्रीलंकाको कोलोम्बोस्थित सुगाथाडासा स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको फाइनलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल रजत पदकमा सिमित बनेको हो। 

नेपालले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । नेपालले लगातार दोस्रो सेट २०–२५ र तेस्रो सेट २१–२५ ले किर्गिस्तानलाई सुम्पियो। तर चौथो सेट सुरुवातमा प्रतिस्पर्धात्मक भएपनि नेपालले लगातार अग्रता बनाउन पुग्यो। नेपालले चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै खेललाई बराबरीमा पुर्‍याएको थियो। 

पाचौँ तथा अन्तिम सेट नेपालले १५–११ ले किर्गिस्तानलाई सुम्पिँदा नेपाल रजत पदकमा सिमित बन्न पुग्यो। अघिल्लो वर्ष नेपालले कास्यपदक जितेको थियो। 

यसअघि समूह चरणमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा नै  पराजित भएको थियो। 

नेपाली टोलीले दोस्रो सेमिफाइनलमा मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै कीर्गिस्तानसँगको भेट पक्का गरेको थियो। नेपालले मालदिभ्सलाई २५–११, २५–३ र २५–५ को सेटमा पाखा लगाएको थियो।  

त्यसअघि भएको पहिलो सेमिफाइन्लमा किर्गिस्तानले श्रीलंकामाथि सोझो सेटमा नै जित निकालेको थियो। कीर्गिस्तानले श्रीलंकालाई २६–२४, २५–२२१ र २५–१५ ले हराउँदै उपाधि नजिक पुगेको हो।

आजै तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले मालदिभ्सलाई सोझो सेटमा हराउँदै कास्य पदक जितेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad