खेल


विराटनगर किंग्सको आक्रमक सुरुवात

विराटनगर किंग्सको आक्रमक सुरुवात

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १६:५०, काठमाडौँ

पोखरा एभेन्जर विरुद्धको खेलमा विराटनगर किंग्स आक्रामक सुरुवात गरेको छ। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा दोस्रो ओभरमै विकट गुमाए पनि विराटनगरले आक्रमक सुरुवात गरेको हो। विराटनगरका लोकेश बम र मार्टिन गप्टिल आक्रमक खेल प्रदर्शन गरिरहेका छन्। 

विराटनगरले आठ ओभरको खेलमा ८० रन पार गरेको छ। गप्टिल ३५ र बम ३३ रन बनाएर खेलिरहेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको पोखराले दोस्रो ओभरमै विकेट लिएको थियो। पोखराका लागि म्याट टेलरले जर्ज मन्सेलाई १० रनमा आउट गरेका थिए। उनी ६ बलमा एक चौका र एक छक्का प्रहार गरेर म्याट टेलरको बलमा किरण ठगुन्नाको हातबाट क्याच आउट भए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad