खेल


दृष्टिहीन महिला टी–२० विश्वकप उपविजेता नेपाली टोली स्वदेश फिर्ता

दृष्टिहीन महिला टी–२० विश्वकप उपविजेता नेपाली टोली स्वदेश फिर्ता

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १३:४०, काठमाडौँ

श्रीलंका र भारतको संयुक्त आयोजनामा सम्पन्न पहिलो दृष्टिहीन महिला टी-२० विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले टोलीलाई औपचारिक स्वागत गरेका हुन्।

आइतबार कोलम्बोस्थित पी सारा ओभलमा भएको रोमाञ्चक फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो। नेपालले दिएको ११५ रनको लक्ष्य भारतले तीन विकेटको क्षतिमा १२औँ ओभरमै पूरा गर्दै पहिलो संस्करणको उपाधि हात पारेको हो।

उपविजेता बनेको नेपालले ९ लाख श्रीलंकाली रुपैयाँ पुरस्कार पायो भने विजेता भारतले १५ लाख रुपैयाँ प्राप्त गर्‍यो। पुरस्कार वितरण श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाले गरेका थिए।

यस विश्वकपमा नेपालका २ खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै फरक–फरक क्याटगोरीमा ‘प्लेअर अफ द सिरिज’ बने। ‘बी-वान’ क्याटगोरीमा सुष्मा तामाङ र ‘बी-टु’ मा मनकेशरी चौधरी उत्कृष्ट घोषित भए। दुवैले ३७ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।

नेपाली टोलीको पहिलो उपाधि जित्ने लक्ष्य अपूर्ण रहे पनि खेलाडीहरूको प्रदर्शनले भविष्यमा थप सम्भावना देखाएको क्यानका पदाधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad