खेल


छक्का हान्दै विनोद भण्डारीले पूरा गरे अर्धशतक

छक्का हान्दै विनोद भण्डारीले पूरा गरे अर्धशतक

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १४:४४, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका प्रारम्भिक ब्याटर विनोद भण्डारीले अर्धशतक प्रहार गरेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार लुम्बिनी लायन्सविरुद्ध भण्डारीले ३७ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले चार चौका र तीन छक्का प्रहार गरे। एनपीएलको यो सिजनामा उनको यो पहिलो अर्धशतक हो। 

भण्डारीको अर्धशतकसँग सुदूरपश्चिम बलियो स्थितिमा पुगेको छ। लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १४ ओभरमा दुई विकेट गुमाएर १०१ रन बनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad