खेल


फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने

फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने

नेपालखबर
मंसिर २०, २०८२ शनिबार १४:५३, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेशका लागि फेरि सुदूपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्ने भएका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सुदूरपश्चिमलाई हराउँदै विराटनगर पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो। 

सुदूरपश्चिमसँग फराकिलो जित निकालेसँगै विराटनगर किंग्सले रनरेट पनि सुधार गरेको छ। समान १० अंक भएपछि नेट नररेटका आधारमा विराटनगर काठमाडौँ गोर्खाजलाई पछि पार्दै पहिलो क्वालिफायरमा पुगेको हो। विराटनगरको नेट रनरेट ०.६८ छ भने काठमाडौँको ०.५४ छ। 

सुदूरपश्चिम सातमध्ये ६ खेल जितेर यसअघि नै १२ अंकसहित अंक तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा पुगिसकेको छ। पहिलो क्वालिफायरमा जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ। अब पहिलो क्वालिफायरमा मंगलबार अपराह्न ४ बजे हुनेछ। 

पहिलो क्वालिफायरमा हार्ने टोलीले दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न पाउनेछ। 

त्यस्तै, नेट रनरेटमा पछाडि परेको काठमाडौँले अब इलिमिनेटर खेल्नुपर्नेछ। इलिमिनेटरमा काठमाडौँ र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुनेछ। यो खेल बुधबार हुनेछ। 

इलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ भने जित्ने टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ। पहिलो क्वालिफायरमा हार्ने टोली र इलिमिनेटरमा जित्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ। हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ। 

एनपीएलको फाइनल खेल अर्को शनिबार हुनेछ। एनपीएलको पहिलो सिजनमा फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुर बोल्टसले उपाधि जितेको थियो। यस पटक भने साविक विजेता जनकपुर लिग चरणबाटै बाहिरिएको छ। 

यो पनि पढ्नुहोस् : सुदूरपश्चिमको अपराजित यात्रालाई रोक्दै विराटनगर पहिलो क्वालिफायरमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad