खेल


महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

नेपालखबर
मंसिर २१, २०८२ आइतबार २१:५३, झापा

अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आज भएको फाइनल प्रतिस्पर्धामा पुलिस क्लबले उपाधि जितेको छ। विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि चुमेको हो। प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको थियो। 

उपाधिसँगै पुलिसले नगद रु दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा सीमित एपिएफले नगद रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा पाएको छ। पुलिसले फाइनल खेलमा पहिलो, तेस्रो र चौथो सेट जित्यो भने एपिएफले दोस्रो सेट जितेको थियो। पुलिसले पहिलो सेट २५–२३, तेस्रो सेट २५–१८ र चौथो सेट २५–२१ अङ्कले जितेको हो। एपिएफले दोस्रो सेटमा पुलिसलाई २५–२० अङ्कले हराएको थियो। 

प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी पुलिसकी आशिका क्षेत्री भइन्। उनले नगद रु १५ हजार र ट्रफी पाइन्। बेस्ट प्रशिक्षक पुलिसका रुपेश विष्ट भए। उनले नगद रु १० हजार र ट्रफी पाए। त्यस्तै, बेस्ट स्पाइकर एपिएफकी सृष्टि खड्गी, बेस्ट ब्लकर पुलिसकी मनिषा चौधरी, बेस्ट सर्भर एपिएफकी जोस्ना महतो, बेस्ट सेटर पुलिसकी कमला पुन र बेस्ट लिबरो एपिएफकी जमुना रसाइली भए। उनीहरुले जनही नगद रु १० हजार र ट्रफी प्राप्त गरे। 

लक्ष्मी माविको खेलमैदानमा भएको प्रतियोगिताको आयोजक अर्जुनधारा नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी मावि थिए। झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो।

विजेता तथा उपविजेतालाई आयोजक अध्यक्ष सुरेन्द्र धिमाल, प्रमुख अतिथि अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रतियोगिताका प्रमुख सल्लाहकार वीरबहादुर राई, संयोजक प्रभा काम्बाङ, नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गरेका थिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad