आईसीसी टी-२० र एक दिवसीय क्रिकेटको वरीयतामा नेपालको स्थान यथावत रहेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाल १७औँ स्थानमा यथावत छ। टी-२० वरीयतामा पाकिस्तान एक स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लेको छ।
भारत शीर्ष, अस्टे«लिया दोस्रो र इङल्यान्ड तेस्रो स्थानमा यथावत छ। न्यु जिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाचौँ स्थानमा यथावत छ।
महिला टोली पनि टी-२० वरीयताको २१औँ स्थानमा यथावत छ।
एक दिवसीय क्रिकेटमा पनि नेपाल १७औँ स्थानमा यथावत छ। भारत शीर्ष, न्यु जिल्यान्ड दोस्रो, अस्टे«लिया तेस्रो र पाकिस्तान चौथो स्थानमा छ।
दक्षिण अफ्रिका एक स्थान सुधार गर्दै पाचौँ स्थानमा उक्लिँदा श्रीलंका एक स्थान तल झर्दै छैटौँ स्थानमा पुगेको छ। शीर्ष २० भित्रको अन्य टोलीको वरियता भने यथावत छ।
Shares

प्रतिक्रिया