आईसीसी टी-२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट ३ करोड ७६ लाख ६६ हजार ८८ नेपाली रुपैयाँ पाउने भएको छ।
आईसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वकपमा सहभागी टोलीले पाउने रकम घोषणा गरेको हो। आईसीसीले १ करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार स्वरुप वितरण गरेको जनाएको छ। यो रकम सन् २०२४ को विश्वकपभन्दा बढी हो।
विश्वकपमा नेपालले समूह चरणमा चार खेल खेलेको थियो। समूह चरणमा तीन खेलमा हार भोगेको नेपालले अन्तिम खेलमा भने स्कटल्यान्डलाई हराएको थियो।
विश्वकप विजेता भारतले ३८ करोड ८१ लाख १३ हजार १६३ नेपाली रुपैयाँ प्राप्त गरेको छ।
78
Shares

प्रतिक्रिया