गण्डकी प्रदेश क्रिकेट संघले मुख्य प्रायोजकमा भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भीआईटी) को साथ पाएको छ।
गण्डकी प्रदेशको क्रिकेटको दीर्घकालीन विकास, प्रतिभा पहिचान र संरचनागत सुदृढीकरणका लागि भीआईटीको साथ महत्वपुर्ण हुने गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ।
भीआईटीले गण्डकी प्रदेशको महिला र पुरुष दुवै टोलीलाई मुख्य प्रायोजन गर्नेछ।
प्रदेश क्रिकेट संघले बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ।
पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले गण्डकी प्रदेश क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरे।
अष्ट्रेलियामा सन् १९९८ देखि सञ्चालनमा रहेको भीआईटी उच्च शिक्षा प्रदायक संस्था हो। यसले मेलबर्न, सिड्नी, एडिलेड तथा जिलङ जस्ता प्रमुख सहरहरूमा गुणस्तरीय शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत भीआईटीमा नेपालका ६०० भन्दा बढी विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्।
Shares

प्रतिक्रिया