खेल


जय ट्रफी मेन्स एलिट कपको उपाधि पुलिसलाई, आर्मी पराजित

जय ट्रफी मेन्स एलिट कपको उपाधि पुलिसलाई, आर्मी पराजित

नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि रक्षा गरेको छ (क्यान)


नेपालखबर
चैत ५, २०८२ बिहिबार १७:५८, काठमाडौँ

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि रक्षा गरेको छ।

मूलपानी मैदानमा बिहीबार अन्तिम दिन आर्मीलाई ४ विकेटले पराजित गर्दै पुलिस क्लबले उपाधि उचालेको हो।

तीन दिवसीय क्रिकेटको दोस्रो इनिङ्समा २ सय २७ रनको लक्ष्य पुलिसले ६ विकेटको क्षतिमा भेट्टायो। 

पुलिस क्लबका लागि रासिद खानले १ रनको योगदान दिए। उनले १ सय २ बलमा ८ चौका र ३ छक्का हाने। 

कुशल भुर्तेलले ६४ बलमा ५ चौका सहयोगमा ५१ रन बनाए। दिलसाद अली ३१र शंकर राना १३ रनमा अविजित रहे। ओपनर दिनेश खरेलले २५ , कप्तान आरिफ शेख १४ रन थपे। 

आर्मीका लागि शाहब आलम र पवन कार्कीले समान २ विकेट लिए। 

आर्मी दोस्रो इनिङस्मा २ सय २६ रनमा अलआउट भयो। दोस्रो इनिङ्समा आर्मीका आकाश चन्दले ३७, कुशल मल्लले ३६, शाहब आलमले ३३ रन बनाए। भीम सार्कीले ३२ , सोमपाल कामीले २३, ओपनर तृतराज दासले २०, इमरान शेखले १६ र कप्तान विनोद भण्डारीले १२ रन बनाए।

पुलिस क्लबका लागि सागर ढकालले ४, करण केसी र ललित राजवंशीले समान ३ विकेट लिए। 
पहिलो इनिङमा दुवै टोलीले समान २ सय २१ रन बनाएका थिए। जय ट्रफीमा पुलिस र आर्मीसँगै एपिएफ र बागमती प्रदेश सहभागी थिए। 

प्रतियोगितामा ललित राजवंशी सर्वोत्कृष्ट र उत्कृष्ट बलर घोषित भए। उत्कृष्ट ब्याटर इशान पाण्डे बने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad