खेल


कोसीलाई हराउँदै लुम्बिनी शीर्षस्थानमा

कोसीलाई हराउँदै लुम्बिनी शीर्षस्थानमा

नेपालखबर
चैत ९, २०८२ सोमबार १७:१२, काठमाडौँ

कोसी प्रदेशलाई पराजित गर्दै लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। 

सोमबार भएको खेलमा लुम्बिनीले कोसी प्रदेशमाथि १४८ रनको फराकिलो जित हात पारेको हो। एक खेलमा जित र एक खेलमा अंक बाँडेको लुम्बिनी प्रदेश ३ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। 

लुम्बिनीले दिएको २५० रनको लक्ष्य पछ्याएको कोसी ३१.४ ओभरमा १०१ रन बनाउँदा अलआउट भयो। कोसीका लागि अंकित सुवेदीले बनाएको ३० रन नै सर्वाधिक रह्यो। दिपेश कँडेलले १५ र कप्तान सुजन थपलियाले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

लुम्बिनीका लागि सन्तोष यादवले ७ ओभरमा एक मेडन राख्दै ११ रन दिएर ४ विकेट लिए। राजेन्द्र बमले ३, निर्मल गुरुङले २ र सन्देश थापाले १ विकेट लिए। 

त्यसअघि जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा कोसी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी ३ बल अगावै २४९ रन बनाउँदा अलआउट भयो।

लुम्बिनीका लागि ओपनर देव खनालले एक सय बलमा ८ चौका र १ छक्का सहयोगमा ९२ रनको योगदान दिए। सन्तोष यादवले ४८, रञ्जित खड्काले २५ र राजेन्द्र बमले १६ रन थपे। 

कोसी प्रदेशका सुजन थपलियाले ४ विकेट लिए। दिपेश कँडेलले २ तथा विपिन महतो र प्रेम कमातले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad