समाज


राशिफल १० चैत : मेषलाई राजनीतिक सफलता, मीनको दिन अविष्मरणीय, तपाईँको कस्तो?

राशिफल १० चैत : मेषलाई राजनीतिक सफलता, मीनको दिन अविष्मरणीय, तपाईँको कस्तो?

ज्यो. मेनुका दाहाल
चैत १०, २०८२ मंगलबार ४:४०, काठमाडौँ

आज मङ्‌गलबार, १० चैत २०८२ (२४ मार्च २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: सहयोग गर्नेभन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणयप्र सङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

वृष: आँटे-ताकेको पूरा हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन: नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। बोल्दा विचार पुर्‍याउनुहोला। साँझमा कुनै कुराले मनमा शान्ति छाउनेछ। दुवै पक्षको कुरा सुन अनि मात्र बोल भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कर्कट: न्यायिक कार्यमा सफलता मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। अलग हुनु विशेष हुनु हो भन्ने मन्त्रलाई ध्यान दिनुहोला।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

सिंह: रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। म हिजोभन्दा बलियो छु भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

कन्या: नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। पुनर्मिलनको योग छ। म आफ्नो बाटो आफैँ बनाउँछु भन्ने मन्त्रलाई मनन गर्नुहोला।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२ वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला: मनमा दुबिधा उत्पन्न हुनेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। म अवसरका लागि तयार छु भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक: वाणीमा कुशलता आउने दिन छ। अनपेक्षित शुभ समाचारले तपाईंको हौसला बढाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। यात्रा गर्ने अवसर पनि जुट्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

धनु: बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। आजको मेरो समय मूल्यवान छ भन्ने मन्त्रलाई ध्यान दिनुहोला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर: मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्नेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछन्। परोपकारी कार्यमा संलग्न भइनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

कुम्भ: आफ्नो विचार विपरीत निर्णय हुन सक्छ। मनमा हर्ष र प्रसन्नता छाउनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। परोपकारका क्षेत्रमा लगानीको समय छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मीन: दिन अविष्मरणीय सम्झनाले बित्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। म बहानाभन्दा जिम्मेवार बन्छु भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad