सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनको माग गर्दै फुटबल क्लबहरूले रिले अनसन जारी राखेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) सचिवालयको मुख्य गेट बाहिर ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबका पदाधिकारी रिले अनसनमा बसिरहेका हुन्। उनीहरू मंगलबार नवौँ दिन पनि रिले अनसन जारी राखेका छन्।

यसअघि गरेको सहमतिअनुसार, ‘होम एन्ड अवे’का आधारमा लिग सञ्चालन गर्न उनीहरूले माग गरेका छन्। एन्फा नेतृत्वबाट भने माग सम्बोधनका लागि कुनै पहल भएको छैन।
बरु उनीहरूको मागलाई वेवास्ता गर्दै एन्फा नेतृत्व चुनावका लागि झापातिर लागेको छ। मंगलबार सूचना जारी गर्दै चैत १३ गते झापामा हुने साधारण सभा तथा निर्वाचन प्रयोजनका लागि एन्फाको केन्द्रीय कार्यालय, सातदोबाटोको सचिवालय बन्द रहने जनाएको छ।



15
Shares

प्रतिक्रिया