खेल


बलिङ र ब्याटिङ चलेपछि आर्मीको फराकिलो जित

बलिङ र ब्याटिङ चलेपछि आर्मीको फराकिलो जित

नेपालखबर
चैत १२, २०८२ बिहिबार १५:४३, काठमाडौँ

गण्डकी प्रदेशविरुद्ध बलिङ र ब्याटिङ दुवै चलेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। 

बिहीबार भएको खेलमा आर्मीले गण्डकीलाई सात विकेटले हराएको छ। आर्मीले दोस्रो जित दर्ता गरेको दिन गण्डकीले भने दोस्रो हार बेहोरेको छ। 

गण्डकीले दिएको २ सय १० रनको लक्ष्य आर्मीले ३४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। गण्डकीमाथि सहज जित निकाल्न आर्मीका तीन खेलाडीले अर्धशतक पूरा गरे। 

ओपनर तृतराज दासले ५१ बलमा ८ चौका र १ छक्का सहयोगमा ५१ रन बनाउँदा विपिन खत्रीको बलमा सुवास भण्डारीको हातबाट क्याच आउट हुन पुगे। 

कप्तान विनोद भण्डारीले ५७ बलमा ७ चौका र २ छक्का सहयोगमा ५८ रन बनाउँदा सुवास भण्डारीको बलमा कृष्ण पौडेलको हातबाट क्याच आउट भए। अर्जुन साउँद शून्य रनमा सुवास भण्डारीको बलमा आउट भए। 

भिम साकी ५३ बलमा ४ चौका र २ छक्का सहयोगमा ५४ रनमा नटआउट रहे। कुशल मल्ल ४२ बलमा ३ चौका र २ छक्का मद्धतमा ४३ रनमा अविजित रहे। गण्डकीका सुवास भण्डारीले २ तथा विपिन खत्रीले १ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकी प्रदेश २ बल अगावै २०९ रन बनाउँदा अलआउट भयो। गण्डकीका अर्जुन कुमालले सर्वाधिक ६२ रनको योगदान दिएका थिए। दिपक डुम्रेले ५१ रन थपे। अन्य ब्याटरले उल्लेख्य प्रर्दशन गर्न सकेनन्। 

आर्मीका लागि आकाश चन्द र साहब आलमले समान ३ विकेट लिए। कुशल मल्लले २ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad