खेल


यूएईविरुद्धको जितमा खेलाडीदेखि दर्शकसम्मको उत्साह (तस्बिरहरू)

यूएईविरुद्धको जितमा खेलाडीदेखि दर्शकसम्मको उत्साह (तस्बिरहरू)

सरोज नेपाल
बैशाख ८, २०८३ मंगलबार २१:१२, काठमाडौँ

घरेलु मैदानमा जारी टी–२० आई क्रिकेटमा यूएईलाई नेपालले आठ विकेटले पराजित गर्‍यो।

कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई खेलको सिरिज बराबरी गरेको छ। 

नेपाल पहिलो खेलमा सोमबार डीएल मेथडमा ६ विकेटले पराजित भएको थियो। 

यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो।

ओपनर कुशल भुर्तेल ८४ र कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे।

घरेलु मैदानमा यूएईविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्दा दर्शकदीर्घामा उत्साह छाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad