खेल


धुर्मुस सुन्तली फाउण्डेसनलाई तीन करोड

धुर्मुस सुन्तली फाउण्डेसनलाई तीन करोड

नेपालखबर
असोज २१, २०७७ बुधबार १६:२,

धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट र‌ंगशालाको लागि वाग्मती प्रदेश सरकारले रु तीन करोड रकम हस्तान्तरण गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई रु तीन करोड रकमको चेक हस्तान्तरण गरे।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ काम गरेकामा प्रशंसा गर्दै रंगशाला निर्माणको गति तीब्र भएकामा खुशी व्यक्त गरे। उनले रंगशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिए। मुख्यमन्त्री पौडेलले रंगशाला निर्माणमा धेरै चुनौतीहरु रहेकाले सबै क्षेत्र मिलेर यसलाई सफल बनाउनुपर्ने उनको भनाइ थियो।

सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारका तर्फबाट रंगशालालाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। फाउन्डेसनका अध्यक्ष कट्टेलले रंगशाला निर्माणमा सरकारले सहयोग गरेकामा आभार व्यक्त गर्दै रंगशाला निर्माणमा हाल २३३ जनशक्तिले नियमित काम गरिरहेकाले छिटै सम्पन्न गरिने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad