खेल


समूह ‘बी’को उपविजेता बन्दै पुलिस प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

समूह ‘बी’को उपविजेता बन्दै पुलिस प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

नेपालखबर
माघ १२, २०७७ सोमबार १०:२८,

ललित राजवंशी र अनिल शाह चम्केपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा ‘बी’मा रहेको पुलिस क्लबले प्रदेश २ लाई ४ विकेटले पाखा लगाउँदै अन्तिम ४ मा स्थान बनाएको हो।

सात अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा रहेको वाग्मती प्रदेशले अपराजित रहँदै यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ।

हिजो भएको खेलमा वाग्मती र लुम्बिनी प्रदेशले अंक बाँडेपछि त्यसको फाइदा पुलिस क्लबले लिएको छ। पुलिस ३ मा जित र १ मा हार व्यहोर्दै ६ अंकमा दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको हो।

प्रदेश २ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिस क्लवले ३८ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। अनिल शाह ४७ र मञ्जित श्रेष्ठ १२ रनमा नटआउट रहे। ६९ बलको सामना गरेका शाहले ४ चौका हाने। ६ बलको सामना गरेका श्रेष्ठले १ छक्का र १ चौका हाने।

कुशल भुर्तेलले ४३ रनको महत्वपुर्ण योगदान दिए। ५५ बलको सामना गरेका कुशलले ३ चौका र १ छक्का हाने। अमित श्रेष्ठ र दिपेन्द्र सिंह ऐरिले समान १७ रन जोडे। सुनिल धमालाले १३ रन जोड्दा आरिफ शेख शुन्य रनमा पवेलियन फर्के।
प्रदेश २ का विवेक यादव र कुमार थापाले समान ३ विकेट लिए।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा पुलिस क्लवले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ४७ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनको योगफल तयार पारेको हो।

४७ ओभरमा छोट्टाईएको खेलमा प्रदेश २ का हरिशंकर शाह ५३ रन जोड्दा रन आउट भए। ८४ बलको सामना गरेका शाहले ५ चौका र १ छक्का हाने। शिमांशु दत्तले १६, कप्तान सुरज कुर्मीले १३ रन जोडे। रवि सिंह र विशाल सुस्लिङले समान १२ रन जोडे।

पुलिस क्लबका ललित राजवंशी एक्लैले ४ विकेट झारे। ८ ओभर बलिङ गरेका ललितले १ मेडन राख्दै ३७ रन खर्चे। सागर ढकालले १० ओभरमा ३ मेडन राख्दै ३६ रन खर्चेर २ विकेट झारे। पवन सर्राफले १० ओभरमा २४ रन दिदै १ विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad