युरोपा लिगको पहिलो क्वार्टरफाइनल खेलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब ग्रानडालाई पराजित गरेको छ।
बिहीबार राति भएको खेलमा म्यानचेस्टरले ग्रानडालाई उसकै मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो।
म्यानचेस्टरका लागि मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे। पहिलो हाफमा १ गरेको म्यानचेस्टरले दोस्रो हाफमा अर्को एक गोल थप्यो। खेलको ३१औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाएका थिए। इन्ज्युरी समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै ब्रुनोले अर्को गोल थपे।
जितसँगै युनाइटेडले युरोपा लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। दोस्रो लेग ओल्ड ट्राफोर्डमा १६ अप्रिलमा हुनेछ।

प्रतिक्रिया