खेल


मलेसियाविरुद्ध नेपालको शानदार सुरुवात, कुशलको अर्धशतक

मलेसियाविरुद्ध नेपालको शानदार सुरुवात, कुशलको अर्धशतक

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ९:५७,

मलेसियाविरुद्धको त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले शानदार सुरुवात गरेको छ।

मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १०.३ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई १०१ रन बनाएको छ। क्रिजमा कुशल भुर्तेल ५८ र आसिफ शेख ४२ रनमा नटआउट छन्।

कुशलले ३८ बलमा ५८ प्रहार गरे। आसिफले २८ बलमा ३ चौकासहित २८ रन बनाएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसिया १६ दशमलव ५ ओभरमा १ सय ९ रन जोड्दा अलआउट भयो। कसिलो बलिङ गरेका नेपालका बलरहरुले मलेसियाका ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएनन्।

लगातार विकेट पतनपछि दबाबमा आएको मलेसियाका लागि सयद अजिजले जोडेको २७ रन नै सर्वाधिक बन्न पुग्यो। मलेसियाका ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। सर्भिन मुनियनडेले २० र साफिक सारिफले १५ रन थपे।

करण केसी एक्लैले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए। सोमपाल कामी, कुशल मल्ल, साहब आलम र दिपेनद्र सिंह ऐरिले एक एक विकेट लिए। ऐरिले टि–२० आइमा आफ्नो करियरको पहिलो विकेट लिएका हुन्। यसअघि उनले एक दिवसीय खेलमा २ विकेट झारेका छन्।

कुशलको अर्धशतक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

कुशलले ३ चौका र ५ छक्का मद्दतमा २६ बलमा अर्धशतक पुरा गरेका हुन्। कुशलले करिअरको सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गरेका छन। कुशल नेपालबाट सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। त्यस्तै नेपालबाट टि२० आईमा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्।

पहिलो खेलमा कुशलले नेदरल्यान्ड्सविरुद्ध ६२ रनको इनिङस् खेलेका थिए। आसिफ शेख १३ बलमा ३ चौका सहित २२ रनमा खेलि रहेका छन्।

मलेसियाले दिएको १ सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा कुनै विकेट नगुमाउँदै ७६ रन बनाएको छ। क्रिजमा कुशल ५४ र आसिफ शेख २४ रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad