खेल


धनगढीलाई हराउँदै काठमाडौं रेजर्स बन्यो एनएसएल च्याम्पियन

धनगढीलाई हराउँदै काठमाडौं रेजर्स बन्यो एनएसएल च्याम्पियन

नेपालखबर
जेठ १, २०७८ शनिबार १३:४३,

पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनलमा धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।

जितसँगै काठमाडौंले ३५ लाख नगर पुरस्कार हात पारेको छ। उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझायो।

काठमाडौंको जितमा विदेशी खेलाडी मैसोके ओलुमोउलेले एकमात्रै निर्णायक गोल गरे। खेलको २१औं मिनेटमा धनगढीका विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा ओलुमोउले गोल गरेका थिए।

प्रतियोगितामा यो उनको आठौं गोल हो। उनी प्रतियोगिताको सबैभन्दा बढी गोल गर्ने खेलाडी समेत बनेका छन्। त्यसबाहेक खेलमा कुनै गोल हुन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad