खेल


लिभरपुलको शत प्रतिशत जित कायमै, राख्यो कीर्तिमान

लिभरपुलको शत प्रतिशत जित कायमै, राख्यो कीर्तिमान

नेपालखबर
भदौ १५, २०७६ आइतबार ३:४३,

लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो। बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेका थिए। 

जितसँगै लिभरपुल ४ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर सिटी २ अंकले पछि छ।

प्रिमियर लिगमा लिभरपुरको यो लगातार १३औं जित पनि हो। लिगको इतिहासमा पहिलो पटक लिभरपुलले लगातार १३ खेल जित्ने कीर्तिमान पनि राखेको छ।  

लिगको इतिहासमा लगातार १३ खेल जित्ने लिभरपुल दोस्रो क्लब हो। 

यो खेलसँगै २१ प्रिमियर लिगका खेलमा लिभरपुल अपराजित छ। १७ मा जित निकालेको उसले ४ खेल बराबरी खेलेको छ। पछिल्ला ४३ खेलमा लिभरपुलले १ खेलमात्रै हारेको छ। ३५ खेल जितेको उसले ७ खेलमा बराबरीको नतिजा निकालेको थियो। यसबीच गत जनवरीमा सिटीसँग मात्रै उसले २-१ को हार ब्यहोरेको हो।

बर्नलीले भने पछिल्ला २५ प्रिमियर लिग खेलमा एउटामा मात्रै जित निकाल्न सकेको छ। त्यसबाहेक १८ मा पराजित भएको छ भने ६ खेल बराबरी खेलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad