खेल


जनकपुर बोल्ट्सको टोलीलाई गोल्ड पार्टनर टेक्नोले चीन भ्रमणमा लैजाने

जनकपुर बोल्ट्सको टोलीलाई गोल्ड पार्टनर टेक्नोले चीन भ्रमणमा लैजाने

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १७:५१, काठमाडौँ

जनकपुर बोल्टस्को गोल्ड पार्टनर टेक्नोले पूरै टोलीलाई चीन भ्रमणमा लैजाने योजना बनाएको छ। 

नेपाल प्रिमियर लिग (एनपीएल)मा अब्बल प्रदर्शन गरिरहेको टोलीलाई अझ हौसला भर्न यस्तो योजना बनाएको कम्पनीले जनाएको छ।

आइतबार लुम्बिनी लायन्सविरुद्ध १ रनको रोमाञ्चक जितपछि टेक्नोले यस्तो घोषणा गरेको थियो।  

कम्पनीका अनुसार जितको उत्साहलाई अझै उच्च बनाउँदै टिमका लागि चीनको रोमाञ्चक यात्राको योजना बनाइएको छ। 

टेक्नोले जनकपुर बोल्टससँगै विभिन्न अवरोधहरु सामना गरी अवसरहरुको सिर्जना गर्ने र क्रिकेटसँगै च्याम्पियनहरूको अर्को पुस्तालाई सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

लिग तालिकामा जनकपुर ४ जितका साथ ८ अंकसहित पहिलो स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad