ad ad

खेल


विश्वकप आयोजक कतारले घोषणा गर्‍यो २६ सदस्यीय टोली

विश्वकप आयोजक कतारले घोषणा गर्‍यो २६ सदस्यीय टोली

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार ११:३४, काठमाडौँ

घरेलु मैदानमा पहिलोपटक हुनलागेको फिफा विश्वकपका लागि कतारले २६ सदस्यीय टोलीको घोषणा गरेको छ। 

कतारका प्रशिक्षक फेलिक्स सान्चेजले कतारका सर्वाधिक गोलकर्ता अल्मोज अलि र अक्रम अफिफलाई आक्रमणको मुख्य जिम्मा दिएका छन्। अलिले कतारका लागि ८५ खेलमा ४२ गोल गरेका छन्। 

कतारको टोलीमा १६० भन्दा बढी क्याप जितेका अनुभवी खेलाडी हसन अलि–हेडोस र मिडफिल्डर अल साद छन्। 

समूह ‘ए’मा रहेको कतारले एक्वोडर, सेनेगल र नेदरल्याण्डसँग खेल्नेछ। 

यस्तो छ कतारको टोली 
गोलकिपर :
 साद अलसेब, मेशाल बर्शाम, युसेफ हसन 

डिफेन्डर : पेड्रो मिगुएल, मुसाब खिदिर, तारेक सलमान, बसम अल(रावी, बोउलेम खाउखी, अब्देलकरिम हसन, होमाम अहमद, जसम गाबेर 

मिडफिल्डर : अली असद, असिम मोदीबो, मोहम्मद अल वाद, सलेम (हजरी, मुस्तफा तारेक, करिम बौदियाफ, अब्देलाजिज हातिम, इस्माइल मोहम्मद 

फरवार्ड : नैफ अल्धरामी, अहमद अलाउद्दिन, हसन अल–हेडोस, खालिद मुनीर, अक्रम अफिफ, अल्मोज अली, मोहम्मद मुन्तारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .