खेल


घानालाई उरुग्वेसँग ‘बदला’ लिने मौका

घानालाई उरुग्वेसँग ‘बदला’ लिने मौका

नेपालखबर
मंसिर १६ , काठमाडौँ

कतार विश्वकपमा उरुग्वे र घाना १२ वर्षपछि भेट हुँदै छन्। यसअघि सन् २०१० मा भएको भेटमा उरुग्वेले घानालाई पराजित गर्दै अघिल्लो चरण पुगेको थियो। घाना र उरुग्वेको खेलमा फरवर्ड लुइस सुआरेजको चर्चा हुने गर्छ। सुआरेजले गोल लाइनमा हातले बल छेकेपछि घानाले पेनाल्टी पाएको थियो। पेनाल्टीमा घाना चुकेपछि उरुग्वे अघिल्लो चरण पुगेको थियो। 

२ पटकको च्याम्पियन उरुग्वे उपाधि उपाधि होडमा छ। २०१८ मा क्वार्टरफाइनलसम्म पुगेको उरुग्वे यो पटक नयाँ इतिहास कायम गर्ने योजनामा छ। तालिकाको पुछारमा रहेको उरुग्वेलाई अघिल्लो चरण पुग्नका लागि स्पष्ट जितको खाँचो छ। बराबरीको नतिजाले पनि उरुग्वेको यात्रा समूह चरणमै सीमित हुनेछ। 

समूहको दोस्रो स्थानमा रहेको घाना उरुग्वेलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छ। पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वेले बराबरीको नतिजा आए पनि घाना अघिल्लो चरणमा पुग्नेछ। 

चौथो पटक विश्वकप खेलिरहेको घाना नयाँ इतिहास कायम गर्न चाहन्छ। सन् २००६ को पहिलो सहभागितामा नै अन्तिम १६ को यात्रा तय गरेको घानाले २०१० मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। २०१४ मा पहिलो चरणबाटै बाहिरिएको घाना २०१८ मा सहभागी भएन।

मंसिर १६, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.