फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अष्ट्रेलियामाथि अर्जेन्टिनाले अग्रता लिएको खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गरेका हुन्।
कतारको अहमद बिन अलि स्टेडियममा जारी खेलमा जित हात पार्दै क्वार्टरफाइनलमा पुग्ने दाउमा अर्जेन्टिना छ भने अष्ट्रेलिया ऐतिहासिक जित हात पार्न चाहन्छ।
अर्जेन्टिना समूह सीको विजेता टोली हो भने अष्ट्रेलिया समूह डीको उपविजेता हुँदै विश्वकपको अन्तिम १६ मा पुगेको हो।
जारी विश्वकपमा यो मेस्सीको तेस्रो गोल हो उनले यसअघि समूहचरणको पहिलो खेलमा साउदी अरेबिया र दोस्रो खेलमा मेक्सिकोसँग १÷१ गोल गरेका थिए।
255
Shares
प्रतिक्रिया