ad ad

खेल


मेस्सी करियरको १ हजार खेल खेल्दै

मेस्सी करियरको १ हजार खेल खेल्दै

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १:२९, काठमाडौँ

फिफा विश्वकपमा अष्ट्रेलियाविरुद्ध अर्जेन्टिनाले नकआउट चरणको खेल खेलिरहँदा कप्तान लियोनल मेस्सीले भने खेल करियरको १ हजार खेल खेलिरहेका छन्। 

शनिबार राति अहमद बिन अली स्टेडियममा अर्जेन्टिनाविरुद्ध खेल्दै मेस्सीले आफ्नो करियरको १ हजार खेल खेलिरहेका हुन्। 

अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता समेत रहेका ३५ वर्षीय मेस्सीले राष्ट्रिय टोलीबाट १६९ खेलमा ९४ गोल गरेका छन्। 

१३ वर्षको उमेरमा बार्सिलोनाको युथ एकेडेमीसँग जोडिएका मेस्सीले ७७८ खेलमा ६७२ गोल गरेका छन्। उनी गत सिजनमात्र बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका थिए। उनले आफ्नो खेल जिवनमा कुल ७८९ गोल गरेका छन्। 

पाँचौ पटक विश्वकप खेलिरहेका मेस्सीले यसअघि नै आफ्नो अन्तिम विश्वकप भएको बताएका थिए। व्यवसायिक खेल जिवनमा सबैखाले उपाधि जितेका मेस्सी आफ्नो नेतृत्वमा  विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउन चाहन्छन्। 

अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्यारोडोनाको विरासतसगँ बराबरी गर्ने हो भने मेस्सीले विश्वकप उपाधि उचाल्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .