फिफा विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोमाथि पहिलो हाफमा १–० को अग्रता लिएको छ।
खेलको पाँचौं मिनेटमा नै फ्रान्सका थियो हर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलमा थप गोल हुन नसकेपछि फ्रान्सले पहिलो हाफमा १–० को अग्रता लिएको हो।
आजको खेलमा जित हात पार्न सके फ्रान्स लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्नेछ।
मोरक्को भने पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो। आजको खेलमा जित हात पार्नु उसको लागि ऐतिहासिक हुनेछ।
आजको खेलको विजेताले उपाधिको लागि अर्जेन्टिनासँग खेल्नेछ।
मंसिर २९, २०७९, बुधबार
प्रतिक्रिया