अफ्रिकी राष्ट्र मोरक्को पछिल्लो समय नयाँ शक्ति राष्ट्रको रुपमा उदाएको छ। विश्वकपमा पाँचौ पटक सहभागिता जनाइरहेको मोरक्कोले बलिया टोलीलाई हराउँदै पहिलो पटक सेमिफाइनलसम्मको यात्रा गरेको थियो।
बुधबार मध्यराति भएको खेलमा फ्रान्ससँग २–० ले पराजित भएपछि मोरक्कोको पहिलोपटक विश्वकपको फाइनलमा पुग्ने सुवर्ण मौका गुमाएको हो। मोरक्कोले अब तेस्रो स्थानका लागि क्रोएसियासँग शनिबार राति खेल्नेछ।
पहिलो अरब तथा अफ्रिकी पावर हाउसको रुपमा उदाएको मोरक्कोले अहिले विश्वभर थुप्रै समर्थक बनाएको छ। विश्वकप अघि गुमनाम मोरक्को अहिले सबैको मन र मस्तिष्कमा अमुक छाप छाड्न सफल भएको छ।
मोरक्कोले यो अघि विश्व विजेता स्पेन र बलियो पोर्चुगललाई हराउँदै सेमिफाइनलमा साविक विजेता फ्रान्सको सामना गरेको थियो। विश्वकप इतिहासमा मोरक्कोले अविश्वसनीय प्रर्दशन गर्यो। पहिलो पटक सेमिफाइनल पुगेपछि मोरक्कोका प्रशिक्षक वालिड रिग्रागुईले अहिले नै उपाधि जितेको महसुस गरेको बताएका थिए। पछिल्लो दुई दशक यता स्पेनिस फुटबलले दबदबा बनाएको मोरक्कोले यो विश्वकपबाट बलियो पहिचान बनाएको छ।
समुह चरणमा क्रोएसियासँग गोलरहित बराबरी गर्दै विश्वकपको यात्रा सुरु गरेको फ्रान्सले दोस्रो खेलमा बेल्जियमलाई २–० ले हराएको थियो। क्यानडालाई २–१ ले हराएको मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएको थियो। क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले हराउँदै पहिलो पटक सेमिफाइनल पुगेको मोरक्को फ्रान्ससँग २–० ले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको हो।
पहिलो पटक सन् १९७० मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो। विश्वकपमा पहिलो पटक छनोट चरण पार गर्दै इतिहास बनाएको मोरक्कोले त्यो लयलाई निरन्तरता दिन भने सकेन।
त्यसपछिका ३ विश्वकपमा छनोट हुन नसकेको मोरक्कोले १९६ मा दोस्रो पटक विश्वकपमा सहभागी भयो। पहिलो पटक सहभागी हुँदा समुह चरणमै सिमित बनेको मोरक्कोले दोस्रो पटक भने नकआउट चरणसम्मको यात्रा तय गरेको थियो। १९९० मा फेरि छनोट चरण पार गर्न नसकेको मोरक्कोले १९९४ र १९९ मा समुह चरणमा मै सीमित बन्यो। त्यसपछिका २००२ देखि २०१४ सम्म छनोट हुन नसकेको मोरक्को २०१८ मा भने समुह चरणमै सिमित बनेको थियो।
विश्वकपमा आफुलाई बलियो टोलीको रुपमा स्थापित गर्न सर्घष गरिरहेको मोरक्कोले कतार विश्वकपमा भने अविश्वसनिय प्रर्दशन गर्यो।
प्रतिक्रिया