ad ad

खेल


विश्वकपमा खराब प्रदर्शन गर्ने ११ खेलाडीमा समेटिए रोनाल्डो

विश्वकपमा खराब प्रदर्शन गर्ने ११ खेलाडीमा समेटिए रोनाल्डो

नेपालखबर
पुस ५, २०७९ मंगलबार ९:१४, काठमाडौँ

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो कतार विश्वकप २०२२ मा खराब प्रदर्शन गर्ने ११ खेलाडीमा परेका छन्। विश्वकपमा गरेको प्रदर्शनको आधारमा छानिएको ११  जनाको टोलीमा रोनाल्डो पनि अटाएका हुन्।

फुटबलको तथ्यांक राख्ने सोफास्कोरले खराब प्रदर्शन गर्नेहरुको टोली सार्वजनिक गरेको हो। ३७ वर्षीय रोनाल्डोले यो विश्वकपमा आफ्नो टोलीका लागि एक गोल मात्र गरेका छन्।

साथै उनी अन्तिम १६ मा स्विटजरल्याण्डविरुद्ध र क्वार्टरफाइनलमा मोरक्कोविरुद्धको खेलमा सुरुवाती ११ मा परेका थिएनन्। प्रशिक्षक फर्नान्डो सान्तोससँगको रस्साकस्सीको कारण उनले पोर्चुगिज क्याम्प छाड्ने धम्की पनि उनले दिएको समाचार सार्वजनिक भएको थियो।

सोफास्कोरले रोनाल्डोलाई यो विश्वकपमा गरेको प्रदर्शनलाई केवल ६.४६ अंक दिएको छ। रोनाल्डोका साथै विश्वकप विजेता अर्जेन्टिनाका लौटारो मार्टिनेज पनि खराब प्रदर्शन गर्ने टोलीमा परेका छन्।

मार्टिनेजले यो विश्वकपमा अर्जेन्टिनाको लागि गोल गर्न सकेनन्। उनले यो विश्वकपमा १४८ मिनेट खेलेका थिए। उनको यो विश्वकपको प्रदर्शनलाई सोफास्कोरले केवल ६.३५ अंक दिएको छ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मार्टिनेजले केवल दुई खेलमा मात्र सुरुवाती ११ मा खेलाएका थिए। आइतबारको फ्रान्सविरुद्धको खेलको अतिरिक्त समयको १३ मिनेट बाँकी छँदा उनलाई जुलियन अल्भारेजको स्थानमा मैदान पठाइएको थियो। 

त्यस्तै चेल्सी तथा सेनेगलका गोलकिपर एडवार्ड मेन्डीलाई पनि विश्वकपको खराब प्रदर्शन गर्ने टोलीमा समावेश गरिएको छ। उनले ६.३० अंक पाएका छन्। 

बार्सिलोनासँग सम्झौता गरेर अहिले लोनमा एसी मिलान गएका सर्जिन्हो डेस्ट पनि खराब प्रदर्शन गर्ने डिफेन्डरको रुपमा टोलीमा अटाएका छन्। उनले ६.५ अंक पाएका छन्। पोल्याण्डका कमिल ग्लिक र बार्टोज बेरेसजिन्स्की र सेनेगलका अब्डोउ डियल्लो पनि खराब प्रदर्शन गर्ने डिफेन्डरको रुपमा टोलीमा अटाएका छन्। 

मिडफिल्डमा खराब प्रदर्शन गर्नेहरुमा अष्ट्रेलियाका ज्याकसन इर्भान र म्याथ्यु लेकीका साथै दक्षिण कोरियाका ह्वाङ इन–बेओम र स्विटजरल्याण्डका रुबेन भर्गास पनि अटाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .