ad ad

खेल


पहिलो पटक महिला रेफ्रीले विश्वकप खेलाउँदै, स्टेफनीले रचिन् इतिहास

पहिलो पटक महिला रेफ्रीले विश्वकप खेलाउँदै, स्टेफनीले रचिन् इतिहास

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २२:८, काठमाडौँ

फिफा पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्रीलाई जिम्मा दिइएको छ। अहिले जारी मेक्सीकोविरुद्ध पोल्याण्डको खेलमा फ्रान्सकी स्टेफनी फ्रापार्टले पहिलो पटक खेल खेलाउँदै इतिहास रचेकी छिन्।

उनी विश्वकप खेलाउने पहिलो महिला रेफ्री बनेकी छन्। ३८ वर्षीया करियरमा उनी पहिलो पटक पुरुष विश्वकप खेलाइरहेकी छन्। विश्वकप अन्तर्गत पोल्याण्ड र मेक्सिकोबीचको खेलमा फोर्थ अफिसीयलको भुमिका उनलाई दिइएको छ।
 

फ्रान्सकी स्टेफनीले यसअघि नै विश्वकप छनोट र च्याम्पियन्स लिगका पुरुष खेलहरुमा निर्णायकको भूमिका निर्वाह गरिसकेकी छिन्। उनले यो वर्षको पुरुष फ्रेन्च कपको फाइनल पनि खेलाएकी थिइन्।

फापार्ट कतार विश्वकप खेलाउने रेफ्रीमा चर्चित नाम हो। फ्रापार्टले फ्रान्समा २०१९ मा विश्वकप र यूईएफए सुपर कपमा समेत सहभागी थिइन्। स्टेफनीले सन् २०२० मा पुरुष च्याम्पियन्स लिग खेलाउने पहिला महिला रेफ्री बन्दै इतिहासमा नाम लेखाउँदै तरंग ल्याएकी थिइन्। 

कतार विश्वकपको हिस्सा हुनुअघि उनले २०२२ को कुप डे फ्रान्स फाइनलमा पनि रेफ्री थिइन्। उनले सन् २०१९ मा तीन वर्षको लागि आईएफएफएचएस विश्व सर्वश्रेष्ठ महिला रेफ्री अवार्ड जितेकी छिन्। यसपटक विश्वकपमा तीन जना महिला रेफ्रि छानिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .