खेल


फाइनलअघि फ्रान्सलाई ‘क्यामल फ्लु’को चुनौती

फाइनलअघि फ्रान्सलाई ‘क्यामल फ्लु’को चुनौती

नेपालखबर
पुस १, २०७९ शुक्रबार १३:४२, काठमाडौँ

कतार विश्वकपमा अनेक चुनौती पार गर्दै फाइनल पुगेको फ्रान्सलाई फेरि अर्को समस्याले सताएको छ। 

आइतबार राति हुँदै गरेको खेलअघि फ्रान्सका खेलाडीहरुलाई ‘क्यामल फ्लु’ले हैरान पारेको हो।  

एकपछि अर्को गरी खेलाडीलाई रहस्यमय, कमजोर बनाउने समस्या देखिएपछि फ्रान्सको क्याम्प चिन्तित बनेको हो। 

अहिले क्यामल फ्लुले सबैभन्दा बढी डेयोट उपमेकानो र एड्रियन राबियोटलाई पिरोलेको छ। बुधबारको मोरक्कोविरुद्धको सेमिफाइनलमा पनि उनीहरु अस्वस्थ देखिएका थिए। 

राबियोट टोली बसेको होटलमा आइसोलेसनमा बसेका छन्। बितेका केही हप्तायता कतारमा क्यामल फ्लुले सबैको ध्यानाकर्षण गरेको छ। विश्वकप हेर्न गएका कैयाँ फुटबल फ्यानहरुमा उनीहरु घर फर्किएपछि पनि यो समस्या देखिएको छ। 

क्यामल फ्लु श्वासप्रश्वासमा देखिने समस्या हो। यसलाई मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (एमईआरएस) ले चिनिन्छ। मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम कोरोनाभाइरसको कारण यो रोग लाग्छ। यो जनावरमा र ऊँट पाल्ने मानिसहरुमा समेत भेटिन्छ। यो सन् २०१२ मा सुरुमा साउदी अरेबियामा पत्ता लागेको थियो। त्यसयता मानिसहरुमा २६ सयवटा यसका संक्रमण पुष्टि भइसकेको छ। त्यसमा १ हजार जनाको मृत्यु भएको छ। यीमध्ये ८० प्रतिशत संक्रमण साउदी अरेबियामा पाइएको छ। 

मान्छेबाट मान्छेमा समेत यो संक्रमण हुनसक्छ। केही अध्ययनहरुले हावामार्फत यसको संक्रमण फैलिने देखाएका छन्। यसका संक्रमणमध्ये झण्डै ३०–३५ प्रतिशतको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसको कुनै खोप वा विशेष उपचार उपलब्ध छैन। विश्व स्वास्थ्य संगठनमा क्यामल फ्लु पाइएको रिपोर्ट गर्ने २७ देशमध्ये कतार पनि एक हो। 

आइतबार राति लुसैल स्टेडियममा साविक विजेता फ्रान्सले अर्जेन्टिनासँग उपाधि रक्षाका लागि खेल्दै गर्दा क्यामल फ्लु पनि उसको अर्को चुनौतीका रुपमा देखिएको हो। 

सेमिफाइनल खेलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्सले अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .