ad ad

सुदूरपश्चिम


दार्चुलामा जिप दुर्घटना : बझाङका एकै वडाका ५ जनाको मृत्यु

दार्चुलामा जिप दुर्घटना : बझाङका एकै वडाका ५ जनाको मृत्यु

गोकुल जोशी
भदौ २, २०७९ बिहिबार ७:२३, कञ्चनपुर

दार्चुलामा बुधबार दिउँसो जिप दुर्घटनामा मृत्यु भएका पाँच जना र घाइते ९ जनाको पहिचान खुलेको छ। 

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबै बझाङको बुंगल नगरपालिका–८ का बासिन्दा हुन्। शैल्यशिखर नगरपालिका–६ का अध्यक्ष जगदिश सिंह धामीका अनुसार दुर्घटनामा बुंगल नगरपालिका–८ का पाँच जना पुने बोहरा, उज्ज बोहरा, हिक्मत जागरी, रैभान बोहरा र चम्का बोहराको मृत्यु भएको हो। 

‘मृतकको पहिचान खुलेको छ, सबै बझाङको बुंगल नगरपालिका–८ का छन्’, उनले भने।

शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट खलंगा गइरहेको से १ ज ५५१ नम्बरको जिप दिउँसो सडक ४ सय मिटर बाट तल खसेको थियो। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन्।

उनका अनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ की २५ वर्षीय गौमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गौमती धामी, ४२ वर्षीया रुपा धामी, २१ वर्षीय सुमन सिंह धामी, वडा नम्बर ६ की ४० वर्षीया रेवती धामी रहेका छन्।

यस्तै दार्चुलाकै महाकाली नगरपालिका–३ का २५ वर्षीय रमेश लुहार, वडा नम्बर ७ का २५ वर्षीय विलाराम कोली, बैतडीको डीलाशैनी गाउँपालिका–३ का २१ वर्षीय प्रदिप राना, बझाङको बुंगल नगरपालिका–८ का ६८ वर्षीय धनबहादुर जागरी दुर्घटनामा घाइते भएका छन्। उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .