सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेशसभा सदस्य थापासहित ६ जना एमालेबाट निष्कासन

सुदूरपश्चिम प्रदेशसभा सदस्य थापासहित ६ जना एमालेबाट निष्कासन

रतन था


गोकुल जोशी
भदौ १७, २०७९ शुक्रबार ११:७, कञ्चनपुर

नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित ६ जनालाई एमाले कैलालीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ। 

एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले विज्ञप्ति जारी गर्दै पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम उनीहरूलाई कारबाही गरिएको जनाएका छन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै अध्यक्ष पदबाट बर्खास्त गरिएका थापा बिहीबार मात्रै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए। 

उनीसँगै एमालेले उनकी पत्नीसमेत रहेकी लम्कीचुहा नगरपालिकाकी निवर्तमान उपमेयर टिका थापा, तुला थापा, धरम थापा, दुजराम चौधरी र पूर्ण साउदलाई पनि कारबाही गरेको हो। 

याे पनि : ​एमाले कैलालीका निवर्तमान अध्यक्ष नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .