ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम : गठबन्धन ७ मा अगाडि, नागरिक उन्मुक्ति ३ र एमालेलाई २ क्षेत्रमा अग्रता

सुदूरपश्चिम : गठबन्धन ७ मा अगाडि, नागरिक उन्मुक्ति ३ र एमालेलाई २ क्षेत्रमा अग्रता

गोकुल जोशी
मंसिर ५, २०७९ सोमबार २३:२१, कञ्चनपुर

सुदूरपश्चिमका ७ जिल्लामा मतगणना जारी छ। प्रतिनिधि सभाको १६ निर्वाचन क्षेत्रमध्ये १३ क्षेत्रको मतगणना भइरहेको हो।

मतगणना जारी रहेका क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुने क्रम पनि जारी नै छ। प्रारम्भिक मतपरिणाम सार्वजनिक भएका १२ क्षेत्रमध्ये सत्तारुढ गठबन्धनले ७ क्षेत्रमा अग्रता बनाएको छ। 

यो सामाग्री तयार पार्दा कञ्चनपुर–२, ३, डडेल्धुरा, कैलाली ४, डोटी, अछाम १ र २ मा सत्तारुढ गठबन्धनको अग्रता छ। कैलालीको क्षेत्र नं. १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता छ। कञ्चनपुर १ र बैतडीमा नेकपा एमाले अग्रस्थानमा छ।

कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा एमालेका तारालामा तामाङ १ हजार ७१ मतसहित अगाडि छन्। प्रतिस्पर्धी माओवादी केन्द्रकी बीना मगरले पछिल्लो १ हजार मत ८२९ गणना हुँदा ४५९ मत प्राप्त गरेकी छन्।

प्रतिनिधि सभा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका एनपी सावद १ हजार ३२७ मत सहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले १ हजार २०९ मत प्राप्त गरेका छन्। यो ३ हजार १५८ मत गणना हुँदाको परिणाम हो।

क्षेत्र नं. ३  मा नेपाली कांग्रेसका रमेश लेखक ३ हजार ४०९ मत सहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले २ हजार २६ मत प्राप्त गरेकी छन्।

डडेल्धुरामा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्। पछिल्लो ४ हजार ७७३ मत गणना हुँदा देउवाले २ हजार २८० मत ल्याएका छन्। 

उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १ हजार २३० मत ल्याएका छन्। यस्तै, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ८१० मत प्राप्त गरेका छन्।

बैतडीमा नेकपा एमालेका दामोदर भण्डारीले १ हजार ८० मत सहित अग्रता बनाएका छन्। उनलाई पछ्याइरहेका सत्तारुढ गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले ८८५ मत पाएका छन्।

दार्चुलामा केहीबेर अगाडिदेखि मतगणना सुरु भएको छ। प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छैन।

डोटीमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले ६४० मत सहित अग्रता बनाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेकी गौरीकुमारी ओलीले ४५३ मत ल्याएकी छन्।

अछाम क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १ हजार ९३१ मतसहित अग्रस्थानमा छन्। ३ हजार ८३३ मत गणना हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका झपट बोहराले १ हजार ४५० मत पाएका छन्।

क्षेत्र नं. २ मा पनि सत्तारुढ गठबन्धनको अग्रता छ। नेपाली कांग्रेसका पुष्पबहादुर शाहले २ हजार ४१६ मतसहित अग्रता बनाएका छन। उनका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १ हजार ९२३ मत सहित शाहलाई पछ्याइरहेका छन्।

कैलाली प्रतिनिधि सभा क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठको अग्रता छ। पछिल्लो मतपरिणाम अनुसार उनले १ हजार ५८२ मतसहित अग्रता कायमै राखिएकी छन्।

श्रेष्ठलाई पछ्याइरहेका कांग्रेसका रामजनम चौधरीले १ हजार २७ मत ल्याएका छन्। नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ३९८ मत ल्याएका छन्।

कैलाली क्षेत्र नं. २ मा पनि नागरिक उन्मुक्ति पार्टीका अरुनकुमार चौधरी २८१ म्त सहित अग्रस्थानमा छन्। पछिल्लो ५ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका भगत बढुवालले ९४ र नेकपा एमालेका झपटबहादुर रावलले ६९ मत ल्याएका छन्।

कैलाली क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले प्रतिनिधि सभातर्फ सुरुवाती अग्रता कायमै राखेका छन्। उनी ५ हजार ८१३ मत सहित अग्रस्थानमा छन्।

चौधरीलाई सत्तारुढ गठबन्धनले पछ्याइरहेको छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ४ हजार ६४५ मत प्राप्त गरेका छन्।

राप्रपाका वीरेन्द्रबहादुर बमले ३ हजार १६० मत ल्याउँदा नेकपा एमालेका गौरीशंकर चौधरी ३ हजार ९८ मत सहित चौथो स्थानमा छन्। उनी माओवादी पृष्ठ भूमिकै नेता हुन्। 

उनी ०७४ सालको चुनावमा वाम गठबन्धनका साझा उम्मेदवार बनेर निर्वाचित भएका थिए। त्यसपछि माओवादी केन्द्र छोडेर उनी एमालेमै समाहति भएका थिए।

कैलाली क्षेत्र नं. ४ मा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ। झिनो मतान्तरले नेपाली कांग्रेसका वीरबहादुर बलायर अगाडि छन्।

पछिल्लो मतपरिणाम अनुसार बलायरले १ हजार ८१५ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका लेखराज भट्टले १ हजार ८१२ मत ल्याएका छन्।

कैलाली क्षेत्र नं. ५ र बझाङमा    सोमबार मतगणना सुरु हुन सकेन। भोलीदेखि मत गणना थालिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

बाजुरामा मतदानको दिन भएको झडपमा दुई जनाको ज्यान गएको थियो। त्यसपछि केही ठाउँमा चुनावमा विवाद उत्पन्न हुँदा मतगणना प्रक्रिया अगाडि बढ्न सकेको छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .