ad ad

सुदूरपश्चिम


धनगढीमा निषेधाज्ञा जारी

धनगढीमा निषेधाज्ञा जारी

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार २०:२८, काठमाडौँ

ग्रेडरले बालिकाको मृत्यु भएपछि तनाबग्रस्त बनेको धनगढीमा निषेधाज्ञा जारी गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय कैलालीले आज (बिहीबार) साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म भेला, प्रदर्शन, घुमफिर, सवारी साधन सञ्चालन लगायतका गतिविधि गर्न निषेध गरेको हो।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो। 

मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्। विद्यार्थीको मृत्युपछि धनगढीमा विद्यागीहरू आन्दोलनमा उत्रिएका हुन्।

उक्त छात्रा पढ्ने विद्यालयका विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध पारेका हुन्। उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन्।

अवस्था तनावपूर्ण बन्दै गएपछि त्यसलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। 

प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलवारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी उपमहानगरपालिका–४ रातोपुल, उत्तरमा धनगढी उपमहानगरपालिका–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन, दक्षिणमा धनगढी उपमहानगरपालिका– १ र २ स्थित हुलाकी राजमार्ग क्षेत्रमा प्रदर्शन तथा घुमफिर गर्न रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा जारी सूचनामा आदेशको उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .