ad ad

सुदूरपश्चिम


ढुंगा हानाहानपछि भारतीय पक्षले बन्द गरायो दार्चुलामा नेपाल–भारत पुल

ढुंगा हानाहानपछि भारतीय पक्षले बन्द गरायो दार्चुलामा नेपाल–भारत पुल

गोकुल जोशी
मंसिर १९, २०७९ सोमबार ९:१५, कञ्चनपुर

भारतीय पक्षले दार्चुलास्थित नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको अन्तर्राष्ट्रिय पुलको नाका बन्द गरेको छ।

महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवादमा आइतबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सोमबार भारतीय पक्षले पुल बन्द गरेका हुन।

महाकाली नदीको यो पुल भएर नेपाल–भारत ओहोरदोहोर गर्ने गरिन्छ। 

भारतीय नागरिकले आइतबारको घटनालाई लिएर बिहानैदेखि महाकाली नदीमाथिको पुल बन्द गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए।

उनका अनुसार भारतीय पक्षले पुलमा आवतजावत गर्न दिएको छैन।

महाकाली नदीमा भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकले आइतबार विरोध गरेका थिए। उनीहरुले पुल समेत बन्द गरेका थिए। 

यात्रुहरू अलपत्र परेपछि बेलुका प्रहरीले सामान्य बल प्रयोग गरेर पुल खोलेको थियो। सोमबार (आज) फेरि भारतीय पक्षले पुल बन्द गरेका हुन। 

भारतीय नागरिकले बन्द गराएको पुल खुलाउन प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। पुल बन्द हुँदा महाकाली वारि–पारी यात्रुहरु रोकिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .