सुदूरपश्चिम


धनगढीमा स्थानीयले प्रतिकार गरेपछि गोली चलाएर भागे चोर

धनगढीमा स्थानीयले प्रतिकार गरेपछि गोली चलाएर भागे चोर

चोरको हातबाट घाइते भएका प्रजापति विष्ट घाउ देखाउँदै


नेपालखबर
पुस ५, २०७९ मंगलबार १३:३८, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीमा फेरि गोली चलेको छ।

नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका–९ को जुगेडामा मंगलबार बिहान ३ बजेतिर गोली चलेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले बताए। 

दुई वर्षअघि तस्करको समूहले यसै क्षेत्रमा दुई जना प्रहरीको हत्या गरेका थिए। आइतबार साँझ  कैलालीको अत्तरियामा अज्ञात समूहले सुनचाँदी व्यवसायीलाई गोली हानेका थिए। गोली लागेर घाइते विकास सुनारको अहिले उपचार भइरहेको छ। गोली चलाउनेको अहिलेसम्म पहिचान खुलेको छैन। गोली प्रहारपछि सुनारसँग भएको झोला लिएर उनीहरु फरार छन्।

यो घटना सेलाउन नपाउँदै धनगढीमा फेरि गाेली चलेको हो।

उनका अनुसार जुगेडामा दुई राउन्ड गोली चलेको थियो। लुटपाट गर्ने गिरोहले स्थानीयलाई तर्साउन गोली चलाएको आशंका छ। 

जुगेडाका स्थानीय प्रजापति विष्टको घरमा राति चोरी गने उद्देश्यले ३–४ जना अपरिचित व्यक्ति प्रवेश गरेका थिए।

सो क्रममा विष्टले थाहा पाएपछि घर बाहिर निस्किएर प्रतिकार गर्न खोज्दा उनलाई हातपात भएको थियो। विष्ट घाइते भएका छन्। 

त्यसपछि स्थानीयले थाहा पाएपछि तर्साउन उक्त समूहले दुई राउन्ड गोली चलाएको डीएसपी जोशीले पुष्टि गरे।

गोली चलाउनेको पहिचान खुल्न सकेको छैन। सो क्षेत्रमा भारतीय नागरिक र नेपाली नागरिक मिलेर चोरी गर्ने गरेका छन्।

गोली चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट गोलीका खोका र चप्पल फेला परेका छन्। 

उनीहरुले चलाएको गोली कसैलाई नलागेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .