नेकपा एमालेका सांसद धर्मराज पाठकले टीकापुर घटनालाई राजनीतिक रुपमा सम्बोधन गरिने बताएका छन्।
प्रदेश सभाको बैठकमा बोल्दै पाठकले टीकापुर घटनालाई उचालेर झिंगे दाउ बनाएर अगाडि नबढ्न समेत आग्रह गरे।
‘टीकापुर घटनालाई प्रमुख राजनीतिक दलहरु राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने पर्छ, यो राजनीतिक विषय हो भन्नेमा सहमत भइसकेका छन्,’ प्रदेश सभामा बोल्दै उनले भने, ‘फेरि टीकापुर घटनालाई उचालेर त्यसलाई फेरि झिंगे दाउ बनाएर अगाडि बढ्नु जरुरी छैन ।’
नेकपा एमालेले टीकापुर घटनाको समाधान राजनीतिक तवरले खोज्नु पर्ने माग उठाइरहेको उनले बताए। ‘हामी राजनीतिक ढंगले समस्याको समाधान दिन्छौं, तर त्यहीँ घटनालाई बल्झाएर, झिंगे दाउ बनाएर अरु खालका षड्यन्त्रका तानाबाना बुनियो भने हामी जे कुराको जनादेश लिएर आएका छौं त्यो पूरा गर्न सक्दैनौं।’ उनले भने।
उनी भन्दा अघि बोलका नेपाली कांग्रेसका सांसद विक्रम धामीले टीकापुर घटनाको प्रसंग झिकेका थिए।
सांसद धामीले कांग्रेस रेशम चौधरीको रिहाइको पक्षमा रहेको उल्लेख गरेका थिए। ‘रेशम चौधरीको रिहाइका लागि तत्कालीन कांग्रेस नेतृत्वको सरकारले अध्यादेश ल्याएको थियो, हामी त्यसको परुक्षमा छौं,’ उनले भने, ‘रेशम चौधरी माघीमा छुट्ने सुनेका थियौं, तर भएन।’
Shares

प्रतिक्रिया