सुदूरपश्चिम


सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले लिए शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले लिए शपथ

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १५:५९, कञ्चनपुर

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिएका छन्।

प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार दिउँसो प्रदेश प्रमुख देवराज जोशीबाट नवनियुक्त मुख्यमन्त्री शाहले पद तथा गोपनियताको शपथ लिएका हुन्।

शाह बिहीबार साँझ संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए। 

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त राजेन्द्रसिंह रावलले विश्वासको पद नपाएपछि पदमुक्त भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .