सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले यही फागुन २१ गते विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री शाहले प्रदेश सभाका सभामुखलाई पत्र पठाएर सो जानकारी दिएका हुन्।
संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता शाह तत्कालिन मुख्यमन्त्री नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
फागुन १९, २०७९, शुक्रबार
27
Shares
प्रतिक्रिया