सुदूरपश्चिम


सेनामा जागिर लगाउँछु भन्दै १५ लाख असुली, ८ जना समातिए

सेनामा जागिर लगाउँछु भन्दै १५ लाख असुली, ८ जना समातिए

नेपालखबर
साउन १७, २०८० बुधबार १८:२, कञ्चनपुर

दार्चुलामा नेपाली सेनामा जागिर लगाउँछु भन्दै सर्वसाधारणबाट रकम असुली गर्ने ८ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा महाकाली नगरपालिका–३ का २७ वर्षीय नरेन्द्रसिह महर, ३१ वर्षीय ईश्वर महर, ४४ वर्षीय बिसनसिंह नगाल, २६ वर्षीय रमेशसिह महर, ३० वर्षीय देवसिह महर र ३८ वर्षीय रुकुमसिंह महर छन्।

सेना जागिर लगाउँछुँ भन्दै ठग्ने मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलाली गोदावरी नगरपालिका–३ का ३४ वर्षीय शंकर भूललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सेनामा जागिर लगाउने भन्दै उनीहरुले १४ लाख ९५ हजार रुपैयाँ असुलेको थिए।

आफूहरुलाई सेनामा जागिर लगाउँछु भन्दै संगठित रुपमा रकम असुली गरेको भन्दै मालिकार्जुन गाउँपालिका–३ का श्यामसिंह धामीलगायतले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

उनीहरु आफू सेनाको व्यक्ति हुँ भन्दै रकम माग गरेका थिए। प्रहरीका अनुसार सेनामा जागिर लगाउन नसकेपछि घटना बाहिरिएको हो।

उनीहरुसँग भएको बयानको आधारमा ठगी गरेको प्रमाणित भएको प्रहरी निरीक्षक सिंहले बताए। पक्राउ परेकाविरुद्ध ठगी धन्दामा मुद्दा दर्ताको तयारी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .