ad ad

सुदूरपश्चिम


सोडारीले विश्वासको मत लिन लाग्दा प्रदेश सभामा कांग्रेस र रेशम पक्षको विरोध (लाइभ)

सोडारीले विश्वासको मत लिन लाग्दा प्रदेश सभामा कांग्रेस र रेशम पक्षको विरोध (लाइभ)

कांग्रेस र रेशम पक्षका सा‌ंसदले बैठक अवरुद्ध गरेका हुन्।


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १०:५२, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (बिहीबार) विश्वासको मत लिँदै छन्।

तर त्यसका लागि अहिले बसेको प्रदेश सभा बैठकमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षले विरोध गरेका छन्। 

मुख्यमन्त्री सोडारी नेतृत्वको सरकार असंवैधानिक भएको दाबी गर्दै कांग्रेस र रेशम पक्षका सा‌ंसदले बैठक अवरुद्ध गरेका हुन्। 

बैठकको कारबाही प्रारम्भ भएलगत्तै प्रतिपक्ष बेञ्चमा रहेका कांग्रेस र नाउपाको रेशम पक्षका सांसद उठेर विरोध जनाए।

अदालतमा मुद्दा विचारधीन रहेको अवस्थामा विश्वासको मत लिने कुरा असंवैधानिक हुने उनीहरूको भनाइ छ। 

असंवैधानिक सरकार भन्दै नाराबाजी गरेर बेल घेराउन गर्न पुगेपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठक ३० मिनेटका लागि स्थगन गरेका छन्।

हेर्नुहोस् लाइभ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .