सुदूरपश्चिम


६ महिनापछि सुदूरपश्चिम सरकारले पायो पूर्णता, कांग्रेसका भट्ट र उन्मुक्तिका चौधरी बने मन्त्री

६ महिनापछि सुदूरपश्चिम सरकारले पायो पूर्णता, कांग्रेसका भट्ट र उन्मुक्तिका चौधरी बने मन्त्री

नेपालखबर
साउन १७, २०८० बुधबार १८:१५, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनापछि पूर्णता पाएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले रिक्त दुई मन्त्रालयमा मन्त्री नियुक्त गरेर प्रदेश सरकारलाई पूर्णता दिएका हुन्।

कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन्।

नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन्। उनीहरुको अहिले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ।

विश्वासको मत दिएर पनि नागरिक उन्मुक्ति सरकारमा सामेल भएको थिएन। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको हो।

बझाङमा सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि यो मन्त्रालय रिक्त रहेको थियो। मुख्यमन्त्री शाहले कानून मन्त्रालयको जिम्मा कांग्रेसबाट निर्वाचित बैतडीका सांसद भट्टलाई दिएका छन्।

भट्ट बैतडीको प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए। कृषिमन्त्री चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २(२) बाट निर्वाचित भएका थिए।

यो सँगै २६ माघमा मुख्यमन्त्री नियुक्त भएको शाह नेतृत्वको प्रदेश सरकारले ६ महिनापछि पूर्णता पाएको हो।

मन्त्री छनोटलाई लिएर उन्मुक्तिमा असन्तुष्टि, चौधरीले भने– ‘यार गद्दार निकला!’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .